काठमाण्डौँ महानगरपालिका उप-प्रमुख सुनिता डङ्गोललाई ध्यानाकर्षण गराइएको छ ।

राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालको आयोजनामा काठमाण्डौँ महानगरपालिका भित्रका भौतिक तथा सन्चार सेवाहरुमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचवृद्दि गराउन काठमाण्डौँ महानगरपालिका उप-प्रमुख सुनिता डङ्गोललाई ध्यानाकर्षण गराइएको छ । राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालका अध्यक्ष बिनिता रेग्मी, निवर्तमान अध्यक्ष किरण शिल्पकार, संविधान सभा सदस्य इन्द्रमाया गुरुङ, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव सुगम भट्टराई, नेपाल अपाङ्ग मानव अधिकार […]
सवालमा छलफल तथा अन्तरक्रिया कार्यक्रम

उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराज्यू संग सार्वजनिक यातायातका सवालमा छलफल तथा अन्तरक्रिया कार्यक्रम ।
सार्वजनिक यातायात सेवालाई पहुँचयुक्त बनाउन देशव्यापी रुपमा अभियान चलाउन आवश्यक रहेको अपाङ्गता अधिकारकर्मीहरुको निश्कर्ष

देशभरिका सार्वजनिक यातायात सेवाहरुलाई मानवमैत्री बनाएर अपाङ्गता भएका व्यक्तिहरुको पहुँचलाई सुनिश्चित गराउन देशव्यापी रुपमा अभियान चलाउन आवश्यक रहेको अपाङ्गता अधिकारकर्मीहरुले निश्कर्ष निकालेका छन् । मंगलबार ललितपुरको ज्वागलमा राष्ट्रिय शारिरिक अपांग संघ-नेपालले आयोजना गरेको अन्तरक्रिया तथा अपाङ्गता भएका व्यक्तिहरुको सार्बजनिक यातायातमा पहुँच अभिवृदी गर्ने उदेश्यले सन्चालित परियोजनाको समापन कार्यक्रममा सहभागी अपाङ्गता अधिकारकर्मीहरुले उक्त निश्कर्ष निकालेका हुन् […]
अपाङ्गता भएका व्यक्तिहरुको सार्वजनिक यातायातमा पहुँच सुनिश्चितताका लागि सरकार प्रतिबद्द छ :- यातायात मन्त्री देवेन्द्र दाहाल ।

अपाङ्गता भएका व्यक्तिहरुको सार्वजनिक यातायातमा पहुँच सुनिश्चितताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय प्रतिबद्द रहेको मन्त्री देवेन्द्र दाहालले बताउनुभएको छ । राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालले आयोजना गरेको अपाङ्गतामैत्री सार्वजनिक यातायातका सवालमा सरोकारवालाहरुसँगको अन्तरक्रिया तथा राष्ट्रिय कार्यशाला गोष्ठि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय प्रतिबद्द रहेको मन्त्री देवेन्द्र दाहालले […]
जनवकालत एवम् चेतना अभिवृद्दि ।

एबिलिस फाउण्डेशनको सहयोग एवम् राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालको आयोजनामा भक्तपुर जिल्ला भरिका सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच सुनिश्चिताका लागि बनेपामा सरोकारवालाबिच अन्तर्क्रिया सानोठिमिको युसेपको कार्यालयमा सम्पन्न भएको छ । काभ्रे जिल्ला भरि झरिएर रहेका अपाङ्गता सम्बन्धि कार्य गर्ने संघसस्थाका प्रतिनिति, जिल्लाका विभिन्न सार्वजनिक यातायातका संगठनका प्रतिनिधि, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिहरु र स्थानिय […]