देशभरिका सार्वजनिक यातायात सेवाहरुलाई मानवमैत्री बनाएर अपाङ्गता भएका व्यक्तिहरुको पहुँचलाई सुनिश्चित गराउन देशव्यापी रुपमा अभियान चलाउन आवश्यक रहेको अपाङ्गता अधिकारकर्मीहरुले निश्कर्ष निकालेका छन् ।
मंगलबार ललितपुरको ज्वागलमा राष्ट्रिय शारिरिक अपांग संघ-नेपालले आयोजना गरेको अन्तरक्रिया तथा अपाङ्गता भएका व्यक्तिहरुको सार्बजनिक यातायातमा पहुँच अभिवृदी गर्ने उदेश्यले सन्चालित परियोजनाको समापन कार्यक्रममा सहभागी अपाङ्गता अधिकारकर्मीहरुले उक्त निश्कर्ष निकालेका हुन् ।
अन्य नागरिक जस्तै हामी शिक्षा, स्वास्थ, रोजगार, मनोरन्जन लगायतका समाजका सबै क्रियाकलापहरुमा सहभागि हुन जादा सार्वजनिक यातायातको आवश्यकता पर्दछ तर हाम्रा यातायातका सेवाहरु हामीलाई त परकै कुरा अपाङ्गता नभएका नागरिकहरुलाई समेत कष्टकर छन् । कार्यक्रममा सहभागि स्वावलम्बन जीवनपद्दती केन्द्र ललितपुरका महासचिव कृष्ण गौतमले बताए । “अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धिको धारा ९ ले स्पष्ट रुपमा सार्वजनिक यातायातका सेवाहरु पहुँचयुक्त हुनुपर्ने कुरा उल्लेख गरेको छ तर म व्हीलचियर बोकेर सार्वजनिक यातायातमा चढ्न अझै सपना जस्तै छ यसको लागि सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुले देशव्यापी रुपमा अभियान चलाउनुपर्यो ” गौतमले थपे ।
त्यस्तै संविधानसभा सदस्य समेत रहनुभएकी व्हीलचियर प्रयोगकर्ता अपाङ्गता भएकी महिला इन्द्रमाया गुरुङले पनि कम्सेकम प्रादेशिक रुपमा यो अभियानलाई अगाडि बढाउन सकिए केहि न केहि रुपान्तरण हुने विश्वास व्यक्त गर्नुभयो ।
एबिलिस फाउण्डेशनको सहयोगमा १ वर्ष सन्चालन भएको अपाङ्गता भएका व्यक्तिहरुको सार्बजनिक यातायातमा पहुँच अभिवृदी गर्ने उदेश्यले सन्चालित परियोजनाको अन्तर्गत काठमाण्डौँ उपत्यका र काभ्रे जिल्लाका सार्वजनिक यातायातहरुलाई पहुँचयुक्त बनाउन विभिन्न वकालत पैरवीका कार्यहरु सम्पन्न हुनुका साथै संघिय सरकार देखि स्थानिय तहहरुमा पनि उक्त विषयमा ध्यानाकर्षणका कार्यक्रम सम्पन्न गरेको राष्ट्रिय शारिरिक अपांग संघ-नेपालका निवर्तमान अध्यक्ष किरण शिल्पकारले बताउनुभयो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, राष्ट्रिय बहिरा महासंघ नेपाल, नेपाल नेत्रहीन संघ, बौद्दिक अपाङ्गताका अभिभावक महासंघ नेपाल, आदिवासी जनजाती अपाङ्ग संघ, मेरुदण्डिय पक्षघात समूह नेपाल, नेपाल होचापुड्का संघ लगायतका संघस्थाहरु परियोजना कार्यान्वयन समितिमा रही सम्पन्न भएको परियोजनाले सार्वजनिक यातायातलाई पहुँचयुक्त र मानवमैत्री बनाउन महत्वपूर्ण खेलेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघिय सदस्य नेत्र प्रसाद सापकोटाले बताउनुभयो ।
परियोजना समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै एबिलिस फाउण्डेशन नेपालकासहायक संयोजक लक्ष्मी देशारले परियोजनाले उल्लेखित उपलब्धि हासिल गरेकोमा खुसी व्यक्त गर्दै एबिलिस फाउण्डेशनले आऊमी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरुका दैनिक जीवनका सवालहरुमा सहकार्य गर्दै जाने प्रतिबद्दता समेत व्यक्त गर्नुभएको थियो ।