काठमाण्डौँ महानगरपालिका उप-प्रमुख सुनिता डङ्गोललाई ध्यानाकर्षण गराइएको छ ।

राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालको आयोजनामा काठमाण्डौँ महानगरपालिका भित्रका भौतिक तथा सन्चार सेवाहरुमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचवृद्दि गराउन काठमाण्डौँ महानगरपालिका उप-प्रमुख सुनिता डङ्गोललाई ध्यानाकर्षण गराइएको छ ।
राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालका अध्यक्ष बिनिता रेग्मी, निवर्तमान अध्यक्ष किरण शिल्पकार, संविधान सभा सदस्य इन्द्रमाया गुरुङ, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव सुगम भट्टराई, नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदीश प्रसाद अधिकारी, नेपाल नेत्रहीन संघका महासचिव कलाधर भण्डारी, अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालका महासचिव रमा ढकाल, राष्ट्रिय बहिरा महासंघ नेपालका उपाध्यक्ष सतीदेवी वाग्ले, नेपाल होचापुड्का संघका अध्यक्ष बिन्दा दुलाल लगायतका अपाङ्गता क्षेत्रमा कार्य गर्ने विभिन्न संघ सस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले काठमाण्डौँ महानगरपालिका उप-प्रमुख सुनिता डङ्गोललाई भेटी हालसम्म महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुका सवालमा निकै उदारणीय र प्रशंसनीय कार्यहरु गरेकोमा धन्यवाद दिदै आगामी दिनमा अझै सार्वजनिक सेवाहरु ज्तो सडक, फुटपाथ, यातायात देखि महानगरपालिकाका सेवाहरुलाई पनि थप पहुँचयुक्त र मानवमैत्री बनाउने कुरामा जोड दिन आग्रह गरेका थिए ।
जवाफमा उपप्रमुख डङ्गोलले महानगरका संरचना देखि सेवाहरु मैत्री छन् छैनन् भनेर अपाङ्गताको दृष्टिकोणबाट छुट्टै हेर्ने प्रतिनिधि नै खटाएको र अपाङ्गता समुदायसँगको सहकार्य एवम् समन्वयमा अनुगमन मुल्याङ्क तथा कार्यक्रम योजनाहरु बनाइने प्रतिबद्दता व्यक्त गर्नुभयो । त्यसैगरी उपप्रमुख डङ्गोलले अपाङ्गता भएका व्यक्तिहरुलाई मासिक भत्ता मात्र दिएर नहुँने भएकाले उहाँहरुको स्वास्थ उपचारको दिगोपनका लागि स्वास्थ बिमा कार्यक्रम ल्याउने क्रममा महानगरपालिका रहेको बताउनुभयो ।
More News
सार्वजनिक यातायात सेवालाई पहुँचयुक्त बनाउन देशव्यापी रुपमा अभियान चलाउन आवश्यक रहेको अपाङ्गता अधिकारकर्मीहरुको निश्कर्ष
छलफल तथा अन्तरक्रिया कार्यक्रम
अपाङ्गता भएका व्यक्तिहरुको सार्वजनिक यातायातमा पहुँच सुनिश्चितताका लागि सरकार प्रतिबद्द छ :- यातायात मन्त्री देवेन्द्र दाहाल ।