सार्वजनिक यातायात सेवालाई पहुँचयुक्त बनाउन देशव्यापी रुपमा अभियान चलाउन आवश्यक रहेको अपाङ्गता अधिकारकर्मीहरुको निश्कर्ष

देशभरिका सार्वजनिक यातायात सेवाहरुलाई मानवमैत्री बनाएर अपाङ्गता भएका व्यक्तिहरुको पहुँचलाई सुनिश्चित गराउन देशव्यापी रुपमा अभियान चलाउन आवश्यक रहेको अपाङ्गता अधिकारकर्मीहरुले निश्कर्ष निकालेका छन् । मंगलबार ललितपुरको ज्वागलमा राष्ट्रिय शारिरिक अपांग संघ-नेपालले आयोजना गरेको अन्तरक्रिया तथा अपाङ्गता भएका व्यक्तिहरुको सार्बजनिक यातायातमा पहुँच अभिवृदी गर्ने उदेश्यले सन्चालित परियोजनाको समापन कार्यक्रममा सहभागी अपाङ्गता अधिकारकर्मीहरुले उक्त निश्कर्ष निकालेका हुन् […]
छलफल तथा अन्तरक्रिया कार्यक्रम

यस राष्ट्रिय शारीरिक अपांग संघ -नेपालका पदाधिकारीहरू, अपाङ्गता भएका व्यक्तिहरुका संस्थाका प्रमुख तथा पदाधिकारीहरु संग उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराज्यू संग सार्वजनिक यातायातका सवालमा छलफल तथा अन्तरक्रिया कार्यक्रम ।
अपाङ्गता भएका व्यक्तिहरुको सार्वजनिक यातायातमा पहुँच सुनिश्चितताका लागि सरकार प्रतिबद्द छ :- यातायात मन्त्री देवेन्द्र दाहाल ।

अपाङ्गता भएका व्यक्तिहरुको सार्वजनिक यातायातमा पहुँच सुनिश्चितताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय प्रतिबद्द रहेको मन्त्री देवेन्द्र दाहालले बताउनुभएको छ । राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालले आयोजना गरेको अपाङ्गतामैत्री सार्वजनिक यातायातका सवालमा सरोकारवालाहरुसँगको अन्तरक्रिया तथा राष्ट्रिय कार्यशाला गोष्ठि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय प्रतिबद्द रहेको मन्त्री देवेन्द्र दाहालले […]